स्थापना मितिः- २०७५।०६।१८

उद्देश्यः-

  • जल उत्पन्न प्रकोपबाट हुने मानव बस्ती, कृषी योग्य जमिन तथा निर्मित बिकासका पूर्वाधारहरुको संरक्षण गर्ने ।

  • सिंचाइ योजनाहरूको निर्माण गरी वर्षैभरी भरपर्दो सिंचाइ सुविधा पुर्याउने ।

  • नदी व्यवस्थापनबाट जोखिम रहित उकास जग्गाको समुचित उपयोग गर्ने ।

मुख्य कार्यहरुः-

  • जलस्रोतको एकीकृत, बहुउद्देशीय एवं दीगो उपयोग तथा व्यवस्थापन ।

  • सिंचाइको विकास तथा व्यवस्थापन र जल उत्पन्न प्रकोप न्यूनिकरण तथा व्यवस्थापन गर्ने ।

  • जलस्रोतको उपयोग, संरक्षण, प्रकोप व्यवस्थापन गर्ने ।